बैशाख १० । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ६३ पैसा र बिक्रीदर १२० रुपैयाँ २३ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १४४ रुपैयाँ १७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ३३ पैसा र बिक्रीदर १६७ रुपैयाँ १३ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुन देशको मुद्राको दर कति ?

Facebook Comments


























