बैशाख ५ । कप्तान लियोनल मेस्सीले उत्कृष्ट प्रदर्शन गर्दा बार्सिलोनाले स्पेनिस ‘कोपा डेल रे’ को फुटबलको उपाधि जितेको छ। शनिबार राति भएको फाइनलमा एथ्लेटिक बिल्बाओलाई ४-० गोलले पराजित गर्दै बार्सिलोनाले उपाधि जितेको हो।
बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई तथा एन्टोनियो ग्रीजम्यान र फ्रेन्की डी जोङले एक एक गोल गरे। यससँगै बार्सिलोनाले कीर्तिमानी ३१औँ पटक कोपा डेल रे को उपाधि जितेको छ। बिल्बाओ भने लगातार दोस्रो पटक उपविजेता बनेको छ। एजेन्सी
Facebook Comments


























