काठमाडौं, बैशाख ५ । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेदरल्यान्ड्स र मलेसिया खेल्दैछन्। खेल टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न सवा १२ बजे शुरू हुनेछ। पहिलो खेलमा नेपालसँग ९ विकेटले पराजित नेदरल्यान्ड्स पहिलो जितको खोजिमा छ।
तर, अन्डर डग टिम मलेसिया पनि नेदरल्यान्ड्सलाई स्तब्ध पार्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ। मलेसियाको यो पहिलो खेल हो। हालसम्म मलेसिया र नेदरल्यान्ड्सले टी-ट्वान्टीमा प्रतिस्पर्धा गरेको छैन। डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन्। प्रतियोगिताको फाइनल खेल बैशाख ११ गते हुनेछ।
Facebook Comments

























