बैशाख ३ । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य पारस खड्काले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज गुमाउने भएका छन्।
चोटका कारण पारसले नेदरल्यान्ड्स र मलेसिया सम्मलित सिरिज गुमाउने भएका हुन्। पूर्व कप्तान समेत रहेका पारसले प्रशिक्षण दौरान चोट बोकेका थिए।
उनले फिल्डिङ गर्ने क्रममा काँधको चोट बोकेका थिए। डाक्टरले उनलाई करिब ३ हप्ता आराम गर्ने सल्लाह दिएका छन्। पारसले टिम होटल समेत छाडिसकेका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले भने औपचारिक रुपमा पारसको चोटबारे बताएको छैन। नेपालले सिरिजको पहिलो खेलमा भोलि (शनिबार) नेदरल्यान्ड्ससँग खेल्दैछ।
नेपालले दोस्रो खेलमा मलेसियासँग बैशाख ६ मा खेल्नेछ। नेपालले तेस्रो खेल नेदरल्यान्ड्ससँग बैशाख ७ मा खेल्नेछ। नेपालले अन्तिम लिग खेल बैशाख ९ गते मलेसियासँग खेल्नेछ।
Facebook Comments


























