चैत्र ३० । एट्लेटिको मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा रियल बेटिससँग १-१ गोलको बराबरी खेल्दै एट्लेटिको शीर्ष स्थानमा उक्लिएको हो। बेटिसको मैदानमा सुरुवाती गोलको अग्रता जोगाउन नसक्दा एट्लेटिको अंक बाढ्न बाध्य भयो।
खेलको पाँचौ मिनेटमा यान्निक कारस्कोले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए पनि २०औँ मिनेटमा बेटिसका क्रिस्टियन टेलोले गोल गरेपछि एट्लेटिको १-१ गोलको बराबरीमा रोकियो।
बराबरीसँगै एट्लेटिको रियल मड्रिडलाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ। एट्लेटिकोले ३० खेलमा ६७ अंक जोडेको छ। रियल बेटिस ४७ अंक जोडेर छैटौं स्थानमा छ। एजेन्सी
Facebook Comments


























