काठमाडौं, चैत्र २३ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक आज दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने छ। आज बस्ने बैठकबारे सचिवालयले सूचना जारी गर्दै जानकारी गराएको छ। सूचनामा बैठकमा हुने सम्भावित कार्यक्रम बारे जानकारी दिइएको छ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ।यस्तै सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन २०७७ पेस गर्नेछन्।
Facebook Comments


























