काठमाडौं, चैत्र १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता वृद्धि हुने बताएका छन्।
रिपोर्टस क्लबको वार्षिकोउत्सव कार्यक्रममा बोल्दै उनले भने, ‘हामी साउन १ गतेदेखि वृद्धभत्तालगायत सामाजिक सुरक्षा भत्ता बढाउँछौँ। यो सुन्दा मान्छेहरूलाई अर्को छटपटी भयो होला। कसैलाई आपत्ति लाग्छ भने लागोस्। कसैलाई निद्रा लाग्दैन भने नलागोस्।’
उनले आफूले देश विकासको लहर ल्याएकाले हटाउन खोजेको आरोप लगाए। ‘देश संकटमा पर्यो रे? कहाँ पर्यो देश संकटमा? कहाँ पर्यो संघीयतामाथि संकट?’ उनको प्रश्न थियो।
नेपाललाई समृद्ध बनाउने अभियानमा आफूहरू लागिरहेको प्रधानमन्त्री ओलीको भनाइ छ।
Facebook Comments


























