काठमाडौं, चैत्र १७ । आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) को खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दैछ। आजको बैठकमा अबको थप रणनीतिबारे छलफल हुने बताईएको छ। तर बैठक दिउँसो बस्न लागेको भए पनि स्थान र समय टुंगिन भने बाँकी रहेको बताईएको छ।
हिजो (सोमबार) साँझ मात्रै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेका छन्। ओलीको उक्त कदमको विरोध गर्दै नेपालले आफूले ओलीको डटेर सामना गर्ने बताएका थिए।
खनाल–नेपाल समूहले यतिबेला जिल्लाहरूमा समानान्तर समिति बनाउने रणनीति बनाएको छ। यता नेकपा माओवादी केन्द्रले पनि आज पुनरवलोकनको निवेदन दिँन सर्वोच्च अदालत जाँदै छ। नेकपा विवादमा सर्वोच्चको फैसलाप्रति चित्त नबुझाएको माओवादी केन्द्रले फैसला पुनरावलोकनका लागि सर्वोच्च जाने निर्णय गरेको हो।


























