काठमाडौं, असार १३ । शनिबार थप १३६ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।
पछिल्लो पटक १८ महिला र ११८जना गरी १३६ जना निको भएका हुन्।
योसहित नेपालमा हालसम्म जना २ हजार ८ सय ३४ उपचारपछि निको भएका छन्।
प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीबारसम्म देशका ७७ वटै जिल्लामा संक्रमण देखिएको छ। शनिबारसम्म नेपालमा २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
Facebook Comments


























