चितवन, चैत्र १७ । एमाले नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलले वरिष्ठ नेता माधव कुमार नेपाल र भीम रावललाई कारबाही गरेकोमा कटाक्ष गरेकी छन्। उनले ओलीको नाम नलिइकन सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीको पछिल्लो कदमलाई घुमाउरो अर्थमा ‘कमजोर’ संज्ञा दिएकी छन्।
पार्टीको विधानविपरीत गएको भन्दै प्रधानमन्त्रीसमेत रहेका ओलीले माधव नेपाल र भीम रावललाई कारबाही गरेपछि झाँक्रीले फेसबुकमार्फत कडा प्रतिक्रिया दिएकी हुन्।
फेसबुकमाले उनले लेखेकी छन्, ‘कमजोरहरूको अन्तिम अस्त्र हो-जोडले चिच्याउने, गाली गर्ने, अरूलाई तल देखाउने र कारबाही गर्ने । हेक्का होस् – पृथ्वी गोलो छ।’
Facebook Comments


























