चैत्र १७ । पाकिस्तानले जिम्बावेको भ्रमण गर्ने भएको छ। पाकिस्तानले घरेलु टिमसँग टी-ट्वान्टी र टेस्ट सिरिज अप्रिल र मे महिनामा जिम्बावेको भ्रमण गर्न लागेको हो।
हरारेमा दुई टिमबीच तीन खेलको टी-ट्वान्टी र दुई खेलको टेस्ट हुनेछ। टी-ट्वान्टी सिरिज अप्रिल २१,२३ र २५ मा हुनेछ। पहिलो टेस्ट अप्रिल २९ र दोस्रो टेस्ट मे ७ मा शुरु हुनेछ। एजेन्सी
Facebook Comments


























