चैत्र १७ । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली अप्रिल १ बाट रोयल च्यालेन्जर्स बैंगलोरको प्रशिक्षणमा सामेल हुने भएका छन्। नयाँ सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि बैंगलोरले मंगलबारबाट चेन्नईमा तयारी सुरु गर्दैछ। टिमले बायो सेक्योर बबल्स भित्र रहेर तयारी गर्नेछ।
तर, कप्तान कोहली भने प्रशिक्षण सुरु भएको दुई दिनपछि सामेल हुने छन्। कोहलीले कप्तानीमा भारतले आइतबार मात्रै इंग्ल्यान्डविरुद्धको एकदिवसीय सिरिज जितेको थियो। कोहली जनवरीको अन्तिमबाटै बायो सेक्योर बबल्स भित्र रहदै आएका छन्। तर, सिरिज सकिएपछि उनीहरु त्यसबाट बाहिर निस्किएका थिए।
१४ औं संस्करणको आईपीएल अप्रिल ९ बाट सुरु हुनेछ। चेन्नईमा हुने उद्घाटन खेलमा मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्ने छन्।प्रतियोगिताको फाइनल खेल मे ३० मा हुनेछ। एजेन्सी
Facebook Comments


























