चैत्र १५ । सन् २०२० को अक्टोबर महिनामा सार्वजनिक भएको आईफोन १२ प्रो म्याक्स सन् २०२१ कै विश्वकै सबैभन्दा उत्कृष्ट स्मार्टफोन घोषित भएको छ। सन् २०२० मा सार्वजनिक भएको भएता पनि आईफोन १२ प्रो म्याक्स २०२१ मा उपलब्ध स्मार्टफोनमध्ये उत्कृष्ट स्मार्टफोन घोषित भएको छ।
कन्ज्युमर रिपोर्टले सार्वजनिक गरेको नयाँ प्रतिवेदन अनुसार फोनहरुको सूचीमा आईफोन १२ प्रो म्याक्स यस वर्षको उत्कृष्ट आईफोन भएको हो। प्रतिवेदनले उक्त फोनलाई शीर्ष मूल्यांकन प्रदान गरेको छ।
आईफोन १२ सिरिज अन्तर्गतको यो फोनमा ६.७ इन्चको डिस्प्ले रहेको छ। भने, फोनमा ए १४ बायोनिक चिपसेट, ओएलइडी डिस्प्ले, अपग्रेड क्यामेरा, फाइभजी नेटवर्कका साथै लामो समयसम्म टिक्ने ब्याट्री फिचर भएको यो फोन उत्कृष्ट घोषणा भएको हो।
एन्ड्रोइडतर्फ सामसङ ग्यालेक्सी नोट २० फाइभजी पहिलो नम्बरमा राखिएको छ। फोनमा प्रयोग भएको डिस्प्ले, जुम क्यामरा र ब्याट्रीका कारण उक्त फोनलाई छनोट गरिएको हो। त्यसैगरी बजेट स्मार्टफोनको सूचीमा पहिलो नम्बरमा वानप्लस नर्ड एन १० फाइभजी समावेश भएको छ।

























