चैत्र १४ । इंग्लिस क्लब एभर्टनले नयाँ घरेलु रंगशाला निर्माण गर्ने भएको छ। एभर्टनले नर्थ लन्डनस्थित ब्राम्ले मोरमा नयाँ रंगशाला बनाउने भएको छ।
नयाँ रंगशाला निर्माणका लागि एभर्टनलाई सरकारले अनुमति समेत दिएको छ। एभर्टनको नयाँ रंगशाला ५२ हजार ८ सय ८८ दर्शक क्षमताको हुनेछ।
नयाँ रंगशाला सन् २०२४ मा निर्माण भईसक्ने एभर्टनले जनाएको छ। एभर्टनले गुडिसन पार्कलाई घरेलु रंगशालाको रुपमा प्रयोग गर्दै आईरहेको छ। सन् १८९२ बाट एभर्टनले गुडिसन पार्कलाई घरेलु मैदानमा रुपमा प्रयोग गरिरहेको हो। एजेन्सी
Facebook Comments


























