जेठ २७ । भारी वर्षापछि भारतको मुम्बइस्थित मलाड वेस्टको मालवानी क्षेत्रमा रहेको एउटा चार तल्ले भवन भत्किँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ। अन्य कयौँ बेपत्ता भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
बुधवार राति साढे ११ बजेतिर भवन भत्किदा घाइते भएका ८ जनाको स्थानीय बीडीबीए नगर जनरल हस्पिटलमा उपचार भइरहेको छ। घरको भग्नावशेषमा फसेका १५ जनाको उद्धार गरिएको छ।
भारी वर्षाकै कारण मुम्वइका सडक तथा रेलमार्ग पनि बन्द भएको छ। अझै चार दिन भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउ भारतीय मौसम विभागले आह्वान गरेको छ। एजेन्सी
Facebook Comments
















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)









