काठमाडौं, चैत्र १४ । नेपाली कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्ने भएको छ। शनिबार साढे ११ बजे बैठक बस्ने प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटमार्फत जानकारी गराएका छन्।
शुक्रबार राति दिवंगत भएका नेता नवीन्द्रराज जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिन शनिबार बिहान १० देखि दिउँसो १ बजेसम्म केन्द्रीय कार्यालयमा जोशीको शव राखिने उनले जानकारी दिए।
Facebook Comments

























