चितवन, चैत्र १३ । पछिल्लो २४ घन्टामा देशभर १ सय ५६ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ४ हजार ४ सय १६ जनामा गरिएको पिसिआर परिक्षणमा १ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ।
यही समयमा देशभर ४ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्। ७० जना कोरोना संक्रमण मुक्त भई घर फर्किएका छन्। यस्तै हाल देशभर ५२ जना क्वारेन्टाइनमा छन् भने १ हजार २ सय ९९ जना संक्रिय संक्रमित रहेका छन्।
Facebook Comments


























