काठमाडौं, चैत्र १३ । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल अध्यक्ष केपी ओलीले बोलाएको संसदीय दलको बैठकमा आफ्ना कुरा राखेर निस्किएका छन्।
बालुवाटारमा जारी बैठकमा बोल्दै नेता खनालले पार्टी नेकपा माओवादी केन्द्रसँग एकता हुनुको अगाडिको अवस्थामा नफर्किए एक रहन नसक्ने चेतावनी दिएका छन्। उनले २०७५ जेठ २ को अवस्थाबाट पार्टी अघि बढ्नुपर्नेमा जोड दिएका थिए।
आफूनिकटका केन्द्रीय सदस्यलाई बोलाएर एकलौटी ढंगले गरिएका मनोमानी निर्णयहरु पनि फिर्ता हुनुपर्ने उनको माग छ। बैठकमा अर्का नेता माधव नेपाल सहभागी नभएपनि नेपाल( खनाल समूहका अन्य सांसद सहभागी छन्।
२३ फागुनमा सर्वोच्च अदालतले पार्टी एकता भंग गरिदिएपछि पहिलो पटक ओलीले बोलाएको बैठकमा नेपाल(खनाल समूह सहभागी भएको हो। यसअघि यो समूहले आफूनिकट केन्द्रीय सदस्यहरुसँग बैठक गरेर ओलीले बोलाएको बैठकमा सहभागी हुने निर्णय गरेको थियो।
यसअघि पार्टी कार्यालय र संसदीय दलको कार्यालयमा बैठक नराखि बालुवाटारमा बैठक राखेको भन्दै संसदीय दलको बैठक यो समूहले बहिस्कार गरेको थियो।

























