काठमाडौं, चैत्र १३ । नेपाली राष्ट्रिय क्रिकेट टिमले घरेलु भूमिमा त्रिदेशीय टी-ट्वान्टी क्रिकेट सिरिज खेल्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार बजाज पल्सर त्रिदेशीय सिरिजको घोषणा गरेको छ।
त्रिदेशीय सिरिजमा नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ। टियु क्रिकेट मैदानमा हुने सिरिज बैशाख ४ देखि ११ गतेसम्म (अप्रिल १७-२४) हुनेछ।
डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछ। कोरोना भाईरसको संक्रमणलाई मध्येनजर गर्दै सिरिजमा सहभागी सबै टिमका खेलाडी र म्याच अफिसियल बायो बबल्सभित्र राखिने छ। यस्तै पीसीआर टेस्ट समेत गरिनेछ।
Facebook Comments


























