काठमाडौं, चैत्र १२ । थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको पहिलो खेलमा आज नेपालले किर्गिस्तानको यू-२३ टिमसँग प्रतिस्पर्धा गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले किर्गिस्तानको ओलम्पिक टिमसँग खेल्नेछ। नेपाल र किर्गिस्तानबीचको खेल साँझ साढे ५ बजे सुरु हुनेछ।
नेपाल आज किर्गिस्तानलाई हराउने लक्ष्यसहित मैदान उत्रने छ। नेपाल किर्गिस्तानलाई हराएर फाइनल पुग्न चाहन्छ। नेपाली टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले गोलकिपर किरण चेम्जोङको कप्तानीमा २३ सदस्सीय टिमको घोषणा गरिसकेका छन्। मुख्य प्रशिक्षक महर्जनले प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन बताईसकेका छन्।
किर्गिस्तान पनि नेपाललाई हराएर फाइनल सम्भावना कायम राख्न चाहन्छ। मंगलबार भएको उद्घाटन खेलमा किर्गिस्तान बंगलादेशसँग १-० ले पराजित भएको थियो।
दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ। नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ। राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन्। फाइनल खेल चैत १६ गते हुनेछ।


























