चितवन, चैत्र ११ । नेकपा एमाले नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली कुर्सी जोगाउन राष्ट्रहित प्रतिकूल हुने गरी विभिन्न शक्तिसँग साँठगाँठ गरिरहेको आरोप लगाएका छन्। बुधवार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता रावलले देशभक्त नेपालीलाई सजग हुन आह्वान गरेका छन्।
उनले लेखेका छन्, ‘प्रधानमन्त्री केपी ओली सत्ता र कुर्सी जोगाउन नेपालको अस्मितासँग गाँसिएको नागरिकता लगायतका नेपालको दीर्घकालीन हितसँग सम्बन्धित विषयमा प्रतिकूल असर पर्ने गरी विभिन्न शक्तिहरूसँग साँठगाँठ गर्न तल्लीन हुनुहुन्छ। देशभक्त नेपाली सजग होऔं।’
Facebook Comments


























