चैत्र ११ । कोरोना भाइरसको संक्रमण दर दिनानुदिन बढ्दै गएपछी भारतको राजधानी नयाँ दिल्लीमा होली लगायतका पर्व मनाउन रोक लगाइएको छ। दिल्ली विपत् व्यवस्थापन प्राधिकरणले होली लगायतका पर्वमा भीडभाड हुने कुनै कार्यक्रम, सम्मेलन हुन नदिने निर्णय गरेको हो।
प्राधिकरणले सबै जिल्ला अधिकारीहरुलाई निर्णय कार्यान्वयन गर्न आदेश समेत दिएको छ। भारतमा केही साता यता दैनिक हजारौं मानिसमा कोरोना संक्रमण देखिँदै आएको छ। दिल्लीमा पछिल्लो २४ घण्टामा १ हजार १ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै ४ जना संक्रमितको मृत्यु भएको छ। भारतमा हिजो ४० हजारभन्दा बढीमा संक्रमण देखिएको थियो। भारतको महाराष्ट्रमा दैनिक २५ हजार संक्रमित थपिने गरेका छन्। महाराष्ट्रको पुणे जिल्ला सबैभन्दा बढी संक्रमित रहेको र नागपुरमा पनि संक्रमण दर उच्च बिन्दुमा पुगेको छ। उत्तर प्रदेशमा पनि होली पर्वका बेला भीडभाड नगर्न आदेश जारी गर्दै बिशेष सतर्कता अपनाउन निर्देशन दिइएको छ। एजेन्सी


























