काठमाडौं, चैत्र ९ । संघीय संसद सचिवालयले भोली (मंगलबार) बस्ने प्रतिनिधिसभा बैठकको संभावित कार्यसूची सार्वजनिक गरेको छ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट संवैधानिक आयोगका बार्षिक प्रतिवेदन पेश हुनेछन्। न्याय परिषद र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६/०७७ र महान्यायाधिवक्ताको आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन पेश हुने संसद सचिवालयले जनाएको छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमल श्रीवास्तवले समितिको वार्षिक प्रतिवेदन पनि पेश हुनेछ।
सर्वोच्च अदालतले पुनर्स्थापना गरेपनि सरकारले बिजनेस नदिएका कारण प्रतिनिधिसभाका बैठकहरू शोक प्रस्ताव र संवैधानिक आयोगका प्रतिवेदनहरू पेश हुँदै आएका छन्। सभामुखले अध्यादेशहरू पेश नगरेको भन्दै सरकारले अरु थप बिजनेस आवश्यक नरहेको तर्क गर्दै आएको छ।
Facebook Comments


























