चैत्र ६ । फिफा विश्वकप छनोटका लागि इंग्ल्यान्ड राष्ट्रिय टिमको घोषणा गरेको छ। मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले बिहीबार २६ सदस्यीय टिमको घोषणा गरेको हो।
इंग्ल्यान्डले घोषणा गरेको टिममा जेसे लिंगार्ड, लुक श र जोन स्टोन्सले पुनरागमन गरेका छन्। यस्तै स्ट्राइकर ओली वाट्किन्स र गोलकिपर साम जोनस्टोन्स पहिलो पटक टिममा परेका छन्। इंग्ल्यान्डले छनोटमा सान मारिनोसँग मार्च २५ मा खेल्नेछ। यस्तै अल्बानियासँग २८ मार्च र ३१ मार्चमा पोल्याण्डसँग खेल्नेछ। एजेन्सी
Facebook Comments


























