चैत्र ६ । घरेलु टिम भारतले चौंथो टी-ट्वान्टी क्रिकेटमा इंग्ल्यान्डलाई पराजित गरेको छ। अहमदाबादमा बिहीबार राति भएको खेलमा भारतले इंग्ल्यान्डमाथि ८ रनको जित निकालेको हो।
भारतको जितसँगै ५ खेलको सिरिज २-२ को स्थितिमा पुगेको छ। अब सिरिज विजेताको निर्णय अन्तिम खेलले तय गर्नेछ। भारतले दिएको १ सय ८६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७७ रन मात्र बनाउन सक्यो। एजेन्सी
Facebook Comments


























