चैत्र ४ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा आज प्रिमियर लिग क्लब चेल्सीले स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्दैछ।
चेल्सीले स्पेनिस क्लब एट्लेटिकोसँग घरेलु मैदानमा खेल्नेछ। चेल्सी र एट्लेटिकोबीचको खेल राति पौने २ बजे सुरु हुनेछ। घरेलु मैदानमा मैदान उत्रदा चेल्सीलाई पहिलो लेगमा निकालेको जितको फाईदा हुनेछ।
पहिलो लेगमा चेल्सीले एट्लेटिकोलाई १-० ले हराएको थियो। चेल्सीका ओलिभर जेरुडले निर्णायक गोल गरेका थिए। च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्न चेल्सीलाई अब बराबरीले पुग्नेछ। तर, चेल्सी स्पस्ट जित निकाल्दै अन्तिम आठमा पुग्न चाहन्छ।
यता, एट्लेटिकोलाई अर्को चरणमा पुग्न दुई भन्दा बढीको गोल अन्तरको जित निकाल्नुपर्ने दबाब रहेको छ। स्पेनिस ला लिगामा एट्लेटिकोले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। चेल्सीविरुद्ध एट्लेटिको उच्च आत्मबलका साथ मैदान उत्रने छ।
त्यसैले दुई टिमबीचको भिडन्त रोमान्चक हुने अनुमान गरिएको छ। एट्लेटिकोविरुद्ध चेल्सी जोर्गिन्हो र मसान माउन्टबिना मैदान उत्रनेछ। एट्लेटिकोलाई भने चोटको समस्या रहेको छैन। एजेन्सी


























