काठमाडौं, चैत्र ४ । एमाले र माओवादी केन्द्रको आडमा प्रधानमन्त्री बनेर पनि आलीले एकीकरणलाई प्राथमिकता नदिएको उनको आरोप छ। ‘ओली एकीकरणको आड र भरोसामा प्रधानमन्त्री बन्नु भयो। तर, एकीकरणको कामलाई एक सेकेण्ड पनि प्राथमिकता दिनु भएन। सम्पूर्ण कमिटीलाई अस्तव्यस्त बनाइदिनु भयो,’ उनले भनिन् ।
शाक्यले कोभिडले आक्रान्त जनतालाई सहयोग गर्न छोडेल ओली भ्रष्टाचारमा लिप्त भएको आरोप लगाइन्। ‘कोभिडको बेलामा जनताहरु गाउँमा फर्किरहदा हामीले भनेका थियौं । कोभिडपीडित जनतालाई सहयोग गरौं भनिरहदा त्यता उहाँलाई चिन्ता भएन। बरु कसरी भ्रष्टाचार गर्ने भन्ने चिन्ता भयो’ उनले भनिन्, ‘भ्रष्टाचार गर्न थाल्नु भयो। हामीले भनेको नसुन्ने। एकैठाउँ बस्दा हामीले धेरै पीडा भोग्यौं। तर पनि हामीले सच्चिनुहुन्छ कि भनेर धेरै प्रयास गर्यौँ। तर भएन । त्यो पीडा कहिल्यै बिर्सन सक्दैनौं।’
उनले पार्टीलाई एक बनाउने सम्भावना कायमै रहेको पनि बताइन्। ‘अहिले पनि त्यो सम्भावना छ। तर, ओली सच्चीनुपर्छ। उहाँले गुटको भेला गर्न, विधान मिच्न पाउनुहुन्न,’ उनले भने, ‘२८ गतेको निर्णय सच्याउन तयार हुनु भयो भने सम्भवत हामी एकै ठाउँ बस्न सक्छौँ।’
नसच्चिने हो भने उनले ओली नेतृत्वको आयु तोक्नु नपर्ने पनि बताइन्। ‘ओलीलाई भन्न चाहन्छु। तपाईँ सच्चीनुस् रुपान्तरित हुनुस्। नेतृत्व सच्चीन चाहेन भने,’ उनले भनिन्, ‘तपाईको आयु हामीले तोक्नु पर्दैन। तपाईसँग नैतिकता भएको भए प्रतिगमन गरिसकेपछि। प्रतिनिधि सभा पुनर्स्थापना भइसकेपछि, नैतिकताको आधारमा खुरुक्क राजनीनामा दिनुपर्ने हो। तर, तपाईमा नैकिकता कति छ भन्ने यसैबाट थाहा हुन्छ।’


























