चैत्र १ । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले इल्चेलाई हराएको छ। शनिबार राति भएको खेलमा रियलले इल्चेलाई २-१ गोलले हराएको हो। घरेलु मैदानमा करिम बेन्जिमाको उत्कृष्ट प्रदर्शनमा रियलले पुनरागमन जित निकालेको हो।
खेलको ६१औँ मिनेटमा डानी काल्भोले गोल गर्दै इल्चेलाई अग्रता दिलाएका थिए। तर, खेलको ७३औँ मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा फर्काए।
खेलको इन्जुरी समयमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २(१ को जित दिलाए। जितसँगै रियल लिगको दोस्रो स्थानमा उक्लिएको छ। रियलले २७ खेलमा ५७ अंक जोडेको छ। पराजित इल्चे २४ अंकसहित १७ औँ स्थानमा छ।
Facebook Comments


























