चैत्र १ । जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिख विजयी यात्रा कायमै राखेको छ। शनिबार राति भएको खेलमा बायर्नले वेर्डेर ब्रेमेनलाई ३-१ गोलले पराजित गरेको छ।
बायर्नलाई जित दिलाउन लियोन गोर्टेज्का, सर्जी जिनाब्री र रोबर्टो लेवान्डोस्कीले एक एक गोल गरे। ब्रेमेनका निक्लास फुएलक्रुगले एक गोल फर्काए। जितसँगै बायर्नले २५ खेलमा ५८ अंक जोडेको छ। ब्रेमेन ३० अंकसहित १२औँ स्थानमा छ। एजेन्सी
Facebook Comments


























