काठमाडौं, फागुन २८ । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको बैठक निष्कर्षविहीन भएको छ। संसदीय दलको विधान पारित गर्ने, दलको नेता चयनलगायतका विषयमा छलफल गर्न बसेको बैठक निष्कर्षमा पुग्न नसकेको हो। बैठकपछि अध्यक्ष उपेन्द्र यादवले विधान मस्यौदाकारले समय मागेपछि आज कुनै निर्णय नभएको बताए।
भावी सत्ता गठबन्धनमा कुन दलसँग लाग्ने भन्ने विषयमा पनि जसपाभित्र छलफल जारी छ। जसपा नेताहरुले आजै कांग्रेससँग वार्ता गर्ने तयारीमा लागेका छन्। बिहीबार साँझ सत्तारुढ नेकपा (एमाले) लाई बालुवाटारमा भेटवार्ता गर्दै जसपा नेताहरुले आफ्ना माग सम्बोधनका लागि सुनिश्चितता माग गरेका थिए।
Facebook Comments


























