फागुन २८ । नेटफ्लिक्सले एउटै व्यक्तिको अकाउन्ट धेरै जनामा पासवर्ड शेयर गरेर हेर्न नमिल्ने बनाएको छ। एउटाले नेटफ्लिक्सको अकाउन्ट बनाउने र त्यसमा रेहको स्क्रिनको संख्याभन्दा बढीसँग पासवर्ड शेयर गरेर नेटफ्लिक्स हेर्ने प्रचलन बढेको छ।
अझ नेपालको हकमा त यो खालको प्रचलन मौलाएको छ। विदेशमा बस्ने साथिभाइसँग उनीहरुले चलाइरहेको नेटफ्लिक्सको अकाउन्ट लिएर धेरै जनामा शेयर गरेर हेर्नेको संख्या धेरै छ। यसरी तोकिएको स्क्रिनभन्दा बढी डिभाइस एउटै अकाउन्टमा जोडिएपछि कम्पनीले त्यसलाई बन्द गर्न थालेको हो।
नेटफ्लिक्सको यो सिस्टमबाट केही प्रयोगतर्का प्रभावित भइसकेको उल्लेख गरिएको छ। हाल केही प्रयोगकर्ताले आफूले लगइन गर्न नपाएको भन्दै सामाजिक सञ्जालमा स्क्रिनशट शेयर गरिरहेका छन्।
उनीहरुले शेयर गरेको उक्त स्क्रिनशटमा नेटफ्लिक्सले प्रयोगकर्तालाई आफ्नै नेटफ्लिक्स अकाउन्ट प्रयोग गर्न भनेको छ। त्यतिमात्रै नभएर यदि तपाईं अकाउन्टको मालिक होइन भने भिडियो निरन्तर हेर्न अब तपाईंले आफ्नै अकाउन्ट बनाउनुपर्छ।
त्यसका लागि नेटफ्लिक्सले यदि एउटा अकाउन्टमा विभिन्न स्थानबाट लगइन भएको खण्डमा त्यसको भेरिफिकेशनका लागि मोबाइलमा ओटीपी पठाउने छ । उक्त ओटीपीबिना लगईन समेत गर्न नहुने बनाएको छ।


























