काठमाडौं, फागुन २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेतालाई बालुवाटार बोलाएका छन। जसपाका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, डा.बाबुराम भट्टराई, राजेन्द्र महतो, अशोक राई बालुवाटार जाने भएका हुन्।
सत्ता समीकरणबारे दलहरुबीच छलफल चलिरहेका बेला अपराह्न ५ बजे जसपाका शीर्ष नेताहरु प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार जाने जसपा नेता राईले जानकारी दिए। उक्त भेटवार्ताका लागि पाँच शीर्ष नेतासहित कार्यदलका सदस्यको पनि सहभागीता रहने जसपाले जनाएको छ।
सत्ता सहकार्यका लागि अहिलेसम्म आफ्नो प्रस्ट धारणा सार्वजनिक नगरेको जसपाले सत्ता सहकार्य र रेशम चौधरीको रिहाइसहितका विषयमा छलफल गर्नेछ। अदालतको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र अलग भएपछि संसदको चौथो दल जसपा एकाएक सत्ता समिकरणमा निर्णायक शक्ति बनेको छ।


























