हेटौँडा, फागुन २७ । नेकपा माओवादी केन्द्र मकवानपुरले जिल्ला कार्यालयमा बोर्ड राखेको छ। बुधबार नेकपा माओवादी केन्द्र मकवानपुरका ईन्चार्ज कुमारी मोक्तान र अध्यक्ष प्रेम बहादुर पुलामीको उपस्थितिमा बोर्ड राखिएको हो।
हेटौंडा(४ गर्दाइस्थित पार्टी कार्यालयमा नेकपा माओवादी केन्द्रको बोर्ड राखेपछि बोल्दै ईन्चार्ज मोक्तानले अदालतको फैसलाको सम्मान गर्दे माओवादी केन्द्रको बोर्ड राखिएको बताइन्। ईन्चार्ज मोक्तानले पुनः पार्टी एकता हुने संकेत गरिन्। पार्टी अध्यक्ष प्रेम बहादुर पुलामीले नयाँ ढंगले राजनीतिक घटना अघि बढेको बताउँदै नेकपा नेकपाकै नाममा धेरै जनप्रतिनिधिले निर्वाचन जितेकाले यसबारे संवैधानिक व्याख्या आवश्यक रहेको बताए।
Facebook Comments


























