काठमाडौं, फागुन २४ । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपाल आफू निकट स्थायी कमिटी सदस्यहरुसँग छलफलमा जुटेका छन्। अहिले बानेश्वरस्थित अर्याल होटलमा नेपाल निकट पूर्व एमाले नेताहरुबीच छलफल भइरहेको छ।
आइतबार सर्वोच्च अदालतले नेकपा विवादमा गरेको फैसलालेपछि नेकपा तरंगित भएको छ। सर्वोच्चले नेकपा खारेज भएको र पूर्व एमाले र माओवादीको अवस्थामा फर्किएको फैसला गरेको थियो। आजै दिउँसो ३ बजे नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दैछ। सोही विषयमा आन्तरिक छलफल भएको बताइएको छ।
Facebook Comments


























