काठमाडौं, फागुन २४ । जनता समाजवादी पार्टीले मंगलबारका लागि संसदीय दलको बैठक बोलाएको छ। जसपाका नेता उमाशंकर अरगरियाका अनुसार पछिल्लो राजनीतिक अवस्था र संसदमा निर्वाह गर्ने भूमिकाका विषयमा छलफल गर्न जसपाले संसदीय दलको बैठक बोलाएको हो।
समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकता भएपछि पहिलोपटक संसदीय दलको बैठक बस्न लागेको एक नेताले बताए।
Facebook Comments


























