फागुन २३ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ। शनिबार राति भएको खेलमा उपाधि दाबेदारसमेत मानिएको बार्सिलोनाले ओसासुनालाई २-० गोलले पराजित गरेको हो।
ओसासुनाको मैदानमा बार्सिलोनालाई जित दिलाउन जोर्डी अल्बा र मोरिबाले एक एक गोल गरे। जितसँगै बार्सिलोनाले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँगको अंक दूरी कम गरेको छ। दोस्रो स्थानको बार्सिलोना एट्लेटिकोभन्दा दुई अंकले तल छ। बार्सिलोनाको २६ खेलमा ५६ अंक भएको छ। ओसासुना २८ अंकसहित लिगको १३औँ स्थानमा छ। एजेन्सी
Facebook Comments


























