काठमाडौं, फागुन २२ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली समूहको संसदीय दलको बैठकमा नेकपाका उपाध्यक्ष वामदेव गौतम नजाने भएका छन्। पार्टी एकता अभियान चलाइरहेका गौतमलाई शुक्रबार साँझ उनकै निवास भैँसीपाटीमा ओलीले संसदीय दलको बैठक आउन निम्तो दिएका थिए।
‘उहाँ (वामदेव) न केपी शर्मा ओली गुटको बैठकमा जानुहुन्छ, न प्रचण्ड र माधव नेपालको गुटको बैठकमा जानुहुन्छ,’ गौतमनिकट स्रोतले भन्यो, ‘त्यसैले आज हुने भनिएको बैठकमा पनि उहाँ जानुहुन्न। उहाँ त पार्टीलाई कसरी एक बनाएर अगाडि बढाउन सकिन्छ भनेर लागि रहनु भएको छ।’ आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली समूहको संसदीय दलको बैठक बस्दै छ। नेकपाकै दाहाल–नेपाल समूहले शुक्रबार प्रधानमन्त्री ओलीलाई संसदीय दलको नेताबाट हटाएर पुष्पकमल दाहाललाई चयन गरेको छ।
Facebook Comments


























