फागुन १९ । बुधबार सेयर बजार परिसूचक (नेप्से) ३९.२३ अंकले घटेर २४१६.०१ विन्दुमा झरेको छ। ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७.१२ अंकले घटेर ४३६.८० विन्दुमा पुगेको छ।
आज २१२ कम्पनीको १ करोड १३ लाख ९२ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब २५ करोड ४८ लाख ९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। बुधबार होटल तथा पर्यटन क्षेत्र समूहको सूचक ३५.१७ अंकले बढेको छ। त्यसैगरी व्यापार समूहको सूचक ३०६.५७ अंकले बढेको छ। बाँकी समूहको सूचक भने ओरालो लागेको छ।
बुधबार साल्ट ट्रेडिङ कर्पोरेसन र चन्द्रागिरि हिल्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। दुवैको सेयर १० प्रतिशतले बढेको छ। हिमालयन पावर पार्टनर लिमिटेडको सेयर मूल्य ८.१६ प्रतिशतले उकालो लागेको छ।
एसियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य ६.३६ प्रतिशतले घटेको छ। त्यसैगरी बरुण जलविद्युतको सेयर ६.०६ र नेपाल दूरसञ्चार कम्पनीको सेयर ५.७४ प्रतिशतले घटेको छ।


























