चितवन । यही पुस २५ देखि माघ ४ गतेसम्म हुन लागेको चितवन महोत्सवको तयारी तीव्र पारेको छ। आयोजक संस्था उद्योग वाणिज्य संघ चितवनका अनुसार तयारीको करिब ५० प्रतिशत काम सकिएको छ। अहिले महोत्सव परिसरमा धमाधम स्टल निर्माणको काम भइरहेको छ। करिब ५०० को हाराहारीमा व्यावसायिक स्टल रहने आयोजकले जनाएको छ।
महोत्सवले यसपटक पनि चितवनको कृषि र पर्यटनलाई विशेष जोड दिएको छ। त्यसका साथै शिक्षा र स्वास्थ्य क्षेत्रलाई समेत अगाडि लैजाने प्रयास गरिएको उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले जानकारी दिए। स्थानीयस्तरमै उत्पादन भएका वस्तुलाई बजारीकरण गराउने उद्देश्यले २०५३ सालदेखि सुरू भएको महोत्सवको १४औँ संस्करण हुन लागेको हो।
Facebook Comments