काठमाडौं, फागुन १८ । कृषि विकास बैंकले शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरेको छ। कम्पनीको सम्पन्न १५ औं वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज र सिडीएस एण्ड क्लियरिङ्गमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था मिलाएको बैंकले जनाएको छ।
पुस १५ गतेसम्म अभौतिकीकरण गराएका शेयरधनीको हकमा सम्बन्धित हितग्राही खातामा नै जम्मा गरिदिएको बैंकले जनाएको छ। भने तोकिएको मितिपछि शेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा भने क्रमशः बोनस शेयर जम्मा हुने बैंकले जनाएको छ।
हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीको हकमा भन् शेयर अभौतिकीकरण पछि मात्र हितग्राही खातामा नै प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।
Facebook Comments


























