फागुन १९ । न्युजील्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले तेस्रो टी-२० मा ६४ रनको विजय हासिल गरेको छ। टस हारेर ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा २०८ रनको विशाल लक्ष्य दिएकोमा न्युजील्यान्ड १७.१ ओभरमा १४४ रनमै अलआउट भयो।
अस्ट्रेलियाको जीतका नायक बलर एश्टन आगार रहे। उनले ४ ओभरमा ३० रन खर्चेर ६ विकेट हात पारे। त्यसअघि ब्याटिङमा ग्लेन म्याक्सवेलले ३१ बलमा आक्रामक ७० रन बनाएर टीमको विशाल स्कोरमा योगदान गरेका थिए। कप्तान आरोन फिन्चले ६९ रन तथा जोश फिलिप्पेले ४३ रन बनाए।
न्युजील्यान्डका लागि मार्टिन गुप्तिलले ४३ र डेभोन कनवेले ३८ रन बनाए तर अन्य ब्याट्स्म्यानले योगदान गर्न सकेनन्। आगारको बलिङसामु न्युजील्यान्डका ब्याट्स्म्यानहरू निरीह साबित भए। न्युजील्यान्डले शृंखलामा यसअघिका दुईवटा टी-२० जितेको थियो। चौथो टी-२० शुक्रवार खेलिनेछ।
Facebook Comments


























