काठमाडौं, फागुन १९ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयदेश त्रिपाठीले खोप लगाएपछि आफूले सुरक्षित महसुस गरेको बताएका छन्। बुधबार मीनभवनस्थित निजामती अस्पताल परिसरमा रहेको खोप केन्द्रमा पुुगेर खोप लगाएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्। मन्त्री त्रिपाठीले खोप सुरक्षित रहेको भन्दै सबै नागरिकलाई ढुक्कले लगाउन आग्रह समेत गरेका छन्।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि विना हिच्किचाहट सहज रूपमा खोप लगाउन सबैलाई आग्रह गरे। खोप लगाएपछि उनले प्रतिक्रिया दिँदै भनेका छन्- ‘खोप लगाउनका लागि कुनै पनि खालको तनाव लिन आवश्यक छैन। खोप प्रमाणित भइसकेको छ, सबैले लगाऔं।’
प्रतिनिधिसभाको बैठक आगामी आइतबारदेखि सुरू हुँदैछ। अधिवेशनमा सहभागी हुने मन्त्रिपरिषद्का सदस्य, सांसद, सङ्घीय संसद् सचिवालयका कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतलाई खोपको व्यवस्था गरिएको छ। सभामुख अग्निप्रसाद सापकोटा, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, सांसदहरु लालबाबु पण्डित, मात्रिका यादव, देवप्रसाद गुरुङ लगायतले पनि खोप लगाइसकेका छन्।
नेपालमा फागुन २३ गतेदेखि ५५ वर्षमाथिका नागरिकलाई खोप लगाउने अभियान सुरु हुँदैछ। सरकारले थप ५० लाख डोज खोप खरिदका लागि प्रक्रिया समेत अगाडी बढाइसकेको मन्त्री त्रिपाठीले जानकारी दिएका छन्।


















![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)







