काठमाडौं, फागुन १९ । विभाजित नेकपाको दाहाल–नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाएको छ। बुधबारका लागि बोलाइएको बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे समीक्षा र आगामी रणनीति तय गरिने बताइएको छ।
नयाँ सन्दर्भमा नयाँ सरकार गठनका लागि गृहकार्य गरिरहेको नेकपाले परिणाम निकाल्न भने सकिरहेको छैन। नेपाली कांग्रेसले सरकार गठनका लागि सघाउन पार्टी विभाजनबारे निर्णय कुरिरहेको छ।
निर्वाचन आयोगको अकर्मण्यताको कारण पनि दाहाल-नेपाल समूह अप्ठेरोमा फसेको छ। बुधबारको बैठकमा केन्द्रीय सदस्यलाई नागरिकता र परिचयपत्रसहित सहभागी हुन निर्देशन दिइएको छ। आयोगमा आधिकारिकता पुष्टिका लागि आवश्यक परे कागजातसमेत पेस गर्नुपर्ने भएकाले आजको बैठकमा नागरिकतालगायत बोकेर आउन भनिएको एक नेताले जानकारी दिए।
Facebook Comments


























