काठमाडौं, फागुन १८ । उद्घाटन र शिलान्यासका लागि देशका विभिन्न स्थानमा दौडधुप गरिररहेका प्रधानमन्त्री केपी शर्मा ओली आज पनि यस्तै सिलसिलामा झापा र मोरङ पुग्ने भएका छन्।
त्यसका लागि उनी बिहान ११ बजे झापाको भद्रपुर पुग्ने कार्यक्रम छ। त्यसपछि मध्याह्न साढे १२ बजे प्रधानमन्त्री ओलीले विपन्न परिवारका लागि त्यहाँको अनारमनी नगरपालिकाले निर्माण गरेको एकीकृत बस्ती हस्तान्तरण गर्नेछन्।
लगत्तै उनले बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन गर्ने कार्यक्रम छ। त्यसपछि प्रधानमन्त्री ओली दिउँसो ३ बजे मोरङको उर्लाबारी पुग्नेछन् र एकीकृत सन्थाल बस्तीको शिलान्यास गर्ने कार्यक्रम छ। यसपछि प्रधानमन्त्री ओली आजै साँझ काठमाडौं फर्किने कार्यकतालिका छ।
आफूले विघटनका लागि सिफारिस गरेको संसद् सर्वोच्च अदालतले पुनर्स्थापना गरेपछि पनि प्रधानमन्त्री ओली लत्रिएको देखिँदैन। उनी झन् देशदौडाहामा सक्रिय भइरहेका छन्। हिजो मात्र उनी गण्डकी प्रदेशस्तरीय भेलासहित विभिन्न उद्घाटन र शिलान्यासका लागि पोखरा पुगेका थिए।
















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)









