काठमाडौं, फागुन १७ । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदै छन्। पोखरामा उनले गण्डकी प्रदेश सरकारले बनाउन लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको शिलान्यास गर्ने कार्यक्रम छ। यस्तै पार्टीको प्रदेशस्तरीय अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन पनि गर्ने प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ।
यसअघि हिजो प्रधानमन्त्री ओली ‘नेपाल-चीनमैत्री औद्योगिक पार्क’ शिलान्यास गर्न गृहजिल्ला झापा गएका थिए। झापाको कमल गाउँपालिकामा भएको शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई अविश्वासको प्रस्तावबाट हटाउन प्रचण्ड-नेपाल समूहलाई चुनौती दिएका थिए।
Facebook Comments


























