फागुन १७ । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले जित निकालेको छ। आइतबार राति भएको खेलमा लिभरपुलले सेफिल्ड युनाईटेडलाई २-० गोल अन्तरले पराजित गरेको हो।
सेफिल्डको मैदानमा लिभरपुलका लागि कुर्टिस जोन्सले एक गोल गरे। सेफिल्डका किन ब्रायनले एक आत्मघाती गोल गरे। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
तर, खेलको ४८ औं मिनेटमा जोन्सले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। त्यसपछि खेलको ६५ औं मिनेटमा ब्रायनले आत्मघाती गोल गर्दा लिभरपुलले २-० को जित निकाल्यो। जितसँगै लिभरपुल छैटौं स्थानमा उक्लिएको छ। लिभरपुलको २६ खेलमा ४३ अंक रहेको छ। सेफिल्ड ११ अंक जोडेर पुछारमा रहेको छ। एजेन्सी
Facebook Comments


























