फागुन १७ । इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले जिनोआविरूद्ध शानदार जित हात पारेको छ। घरेलु मैदानमा भएको आइतबार रातिको खेलमा इन्टरले जिनोआलाई ३-० गोलले पराजित गर्यो।
इन्टरलाई जित दिलाउन रोमेलु लुकाकु, माटियो डारमेन र एलेक्सिस सान्चेजले एक एक गोल गरे। जितसँगै इन्टरले २४ खेलबाट ५६ अंक जोडेको छ। दोस्रो स्थानको एसी मिलानभन्दा इन्टर ७ अंकले अघि छ। जिनोआ २६ अंकसहित १३औँ स्थानमा छ। एजेन्सी
Facebook Comments

























