काठमाडौं, फागुन १६ । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा खुमलटार युथ क्लब विजयी भएको छ। आइतबार भएको खेलमा खुमलटारले झम्सिखेल युथ क्लबलाई १–० गोल अन्तरले हराएको हो।
एन्फा कम्प्लेक्स सातदोबाटोमा खुमलटारलाई जीत दिलाउन महेश राईले निर्णायक गोल गरे। महेशले खेलको तेस्रो मिनेटमा गरेको गोल नै निर्णायक गोल हुन पुग्यो। योसँगै खुमलटारले ८ खेलमा १९ अंक जोडेको छ।
खुमलटारले शीर्ष स्थानको सातदोबाटोसँग अंक बराबरी बनाएको छ। शीर्ष स्थानको सातदोबाटोको ७ खेलमा १९ अंक रहेको छ।
Facebook Comments


























