काठमाडौं, फागुन १६ । प्रहरीले बाघको छालासहित एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त मालिगाउँको टोलीले काठमाडौँ महानगरपालिका–५ हाँडीगाउँबाट बाघको छाला बिक्री गर्न ग्राहकको खोजी गरिरहेको अवस्थामा ३५ वर्षीय मोहन कार्कीलाई आज पक्राउ गरेको हो।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बाघको छाला बिक्री वितरणका लागि घरको कोठामा राखेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए। प्रहरीले पक्राउ कार्कीसँग टाउको र नङ्ग्रासहित आठ फिट लम्बाइ र तीन फिट चौडाइ भएको बाघको छाला बरामद गरेको छ। पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस
Facebook Comments


























