बाँके, फागुन १४ । नेपाल प्रहरीले गाई काटेको अभियोगमा ३ जना नियन्त्रणमा लिएको छ। गाई काटेको अभियोगमा नरैनापुर गाउँपालिका-१ मतनिया गाउँ बस्ने २८ वर्षीय अमित अन्सारी समेत ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।
गाई काटेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भगवानपु र सिमा प्रहरी चौकी सुईयाबाट खटिएको प्रहरीले उनीहरूलाई करिब १० केजी गाईको मासु सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Facebook Comments


























